Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा यात्रुबसमा आगलागी हुँदा ३ जनाको जलेर मृत्यु, अधिकांश नेपाली

भारतमा यात्रुबसमा आगलागी हुँदा ३ जनाको जलेर मृत्यु, अधिकांश नेपाली

मंगलवार , मंसिर १६, २०८२

एजेन्सी । नेपाल भारत सीमा क्षेत्र रुपन्देहीको सुनौलीबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको यात्रुबसमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । जसमध्ये दुई जना नेपाली रहेका छन् ।

बसमा ४५ जना यात्रु रहेकोमा धेरैजसो नेपालका रहेको जनाइएको छ ।

जसमध्ये २४ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार बस भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा ट्रकसँग ठोकिएर आगलागी भएको थियो ।

ट्रकसँग ठोकिँदै बस १ सय मिटर परको हाई–टेन्सन बिजुलीको पोलमा ठोकिएको थियो । त्यसपछि पोल भाँचिएर बसमा खसेको थियो । त्यसपछि भीषण आगलागी भएको थियो । मृत्यु भएका तीन जना जिउँदै जलेका थिए ।

दुर्घटनापछि चालक र कन्डक्टरको अवस्था अज्ञात छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077