Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से ०.५३ अंकले घट्यो‚ कारोबार रकम पनि घट्यो

नेप्से ०.५३ अंकले घट्यो‚ कारोबार रकम पनि घट्यो

मंगलवार , मंसिर १६, २०८२

काठमाडौं । मंगलबार सेयर बजार ०.५३ अंकले घटेर २६४४.७० बिन्दुमा बन्द भएको छ ।

स्थिर बजारमा कुल ३२४ कम्पनीको कारोबार भयो । १२५ कम्पनीको मूल्य बढ्दा ११९ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । यस दिन चार अर्ब ४८ करोड १३ रुपैयाँको सेयर कारोबार भएको छ । सोमबार चार अर्ब ७१ करोड ६३ लाख रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुंगल हाइड्रो र श्रीनगर एग्रीटेक कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, युनियन हाइड्रोपावरको सर्वाधिक ३१ करोड ८१ लाख ३५ हजारभन्दा बढीको सेयर कारोबार भएको छ ।

जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४९७ रुपैयाँ कायम रह्यो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077