Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रभु बैंकलाई नोक्सानी पुर्‍याएको आरोपमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

प्रभु बैंकलाई नोक्सानी पुर्‍याएको आरोपमा गुण समूहका अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ ।

गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवनहरु लगायतका क्षेत्रमा लगानी गरिरहहेको छ । सोही लगानीको विषयलाई लिएर शाक्यलाई पक्राउ गरिएको सीआईबीका एक अधिकारीले बताए ।

शाक्य गुण एयरलाइन्सका सञ्चालक हुन् । बुधबार उनलाई प्रहरीले ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो।

उनीमाथि प्रभु बैंक लिमिटेडलाई नोक्सानी पुर्‍याएको घटनामा संलग्न भएको आरोप छ।

उनीहरूमाथि सिआइबीले बैंकिङ कसुर ऐन अनुसार म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077