Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीडीसीमा सीआईबीको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

डीडीसीमा सीआईबीको छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा

बुधवार , जेठ १३, २०८३

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छपा मारेको छ । 

डीडीसीमा छापा मारेर महत्तवपूर्ण कागजात नियन्त्रणमा लिएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताएका छन् । 

डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ । पछिल्लो समय संस्थानले किसानको चार महिनाको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ ।

केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीबाट उत्पादित याक चिज खाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

उनले डीडीसीको प्रचार गर्दै तस्वीर सेयर गरेपछि डीडीसीका उत्पादनले माग नै धान्न नसकेको भन्दै हल्ला फैलाइएको थियो । 

आज मात्रै प्रतिनिधिसभाको बैठकमा बोल्दै कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डीडीसीले यो महिना मात्रै दूध किसानलाई १८ करोड भुक्तानी गरिएको बताएकी थिइन् ।

मन्त्री चौधरीले भनेकी थिइन्–‘डीडीसीले दुध बेच्ने किसानहरुलाई मंसिरदेखि भुक्तानी रोकेकोमा यो महिना मंसिरदेखि माघसम्मको १८ करोड भुक्तानी गरिसकेको र बाँकी २० करोड असार १५ गतेसम्म भुक्तानी गरेर दूध किसानहरुको मुहारमा खुसी ल्याउने प्रयत्न गरिएको छ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077