Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुसुम र भट्टचनको लेनदेन विवादमा बैंकिङ कसुरको मुद्वा खेपेका अशोक शेरचन रिहा

कुसुम र भट्टचनको लेनदेन विवादमा बैंकिङ कसुरको मुद्वा खेपेका अशोक शेरचन रिहा

शुक्रवार , पौष ११, २०८२

काठमाडौँ । हप्तौँदेखि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन हाजिर जमानीमा रिहा भएका छन् ।

विशेष सरकारी वकिलको कार्यालयले आज शेरचनलाई आवश्यक प्रमाण नपुगेको भन्दै हाजिर जमानीमा छाड्ने निर्णय गरेको हो।

गत हप्ता उच्च अदालत पाटनले बयान प्रक्रिया पाँच दिनभित्र सक्न अन्तिम पटकका लागि म्याद थपको अनुमति दिएको थियो। सोही आदेशअनुसार बयान सकिएपछि आज शेरचन सरकारी वकिलको कार्यालयबाटै रिहा भएका हुन्।

बैंकिङ कसुरको मुद्दा नै आकर्षित नहुने हुँदा सीआईबीले प्रभु बैंकका सीइओ शेरचनलाई पक्राउ गरेर स्टन्ट देखाउन खोजेको कानून व्यवसायीहरुले जिकिर गरेका थिए ।

सीआईबीले शेरचनलाई गत मङ्सिर १४ गते बैङ्किङ कसुरको आरोपमा पक्राउ गरेको थियो।

उनीमाथि अनुसन्धान जारी रहे पनि हालका लागि हाजिर जमानीमा छाडिएको बताइएको छ ।

सीआईबीले शुरुमा उनलाई प्रभु मेनेजमेन्टकी अध्यक्ष कुसुम लामा र देबी भट्टचनको कारोबार बिबादमा प्रवेस गरेर पक्राउ गरी जबर्जस्ती बैंकिङ कसुरको मुद्दा चलाएको थियो।

शेरचनलाई बैंकिङ कसुरको मुद्दामा फसाउन प्रभु बैंकसँग मर्जर भएको सेञ्चुरी बैंकका रमेश श्रेष्ठको समूह सक्रिय भएर लाग्दै आएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077