Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हत्या गरी फरार रहेका खेमबहादुर २२ वर्षपछि पक्राउ

हत्या गरी फरार रहेका खेमबहादुर २२ वर्षपछि पक्राउ

शुक्रवार , मंसिर १९, २०८२

म्याग्दी । प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २२ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीको रघुगंगा गाउँपालिका-४ का ४३ वर्षीय खेमबहादुर थजाली छन् । उनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनी नगरपालिका-८ कालिपुलबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार थजालीसमेतका व्यक्तिले ६ कात्तिक २०६० मा म्याग्दीको साविक दग्नाम गाविस-२ बस्ने धनराम तिलिजाको हत्या गरेका थिए । घरमा सुतिरहेका तिजिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।

यो मुद्दामा उनलाई म्याग्दी जिल्ला अदालतले २९ चैत २०६३ मा १९ वर्ष ७ महिना कैद सजाय तोकेको थियो ।

थजालीलाई पक्राउ गरी जिल्ला अदालतमार्फत लगत कट्टाको लागि कारागार कार्यालय म्याग्दीमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077