Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुलमान घिसिङको पार्टीबाट विद्या श्रेष्ठले दिइन् राजीनामा

कुलमान घिसिङको पार्टीबाट विद्या श्रेष्ठले दिइन् राजीनामा

शनिवार , मंसिर २०, २०८२

काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छिन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट अलग हुने घोषणा गरेकी हुन् ।

श्रेष्ठले हालै हेटौँडामा भएको सडक विस्तारका क्रममा राज्यले अपनाएको बलपूर्वक कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै राजनीतिक पद त्याग्ने निर्णय लिएको उल्लेख गरेकी छिन्।

उनका अनुसार सडक विस्तारको नाममा सरकारले मानव अधिकारविरुद्धको कार्य गरेका कारण आफूले पार्टीको जिम्मेवारी वहन गर्न “नैतिक रूपमा असमर्थ” भएको बताएकी छिन्।

'म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन। म हेटौँडा पीडितको साथ छु,' उनले लेखेकी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077