Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धादिङको चालिसेमा एकै पटक ठोक्किए ७ वटा सवारी साधन, ३५ जना घाइते

धादिङको चालिसेमा एकै पटक ठोक्किए ७ वटा सवारी साधन, ३५ जना घाइते

शनिवार , मंसिर २०, २०८२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६, चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

सातवटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चारवटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका सबै घाइतेहरूको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा.प्र. ००१ क ००११ नम्बरको स्कुल बस, एन।एल। ०१ बी।ए। ४६५४ नम्बरको डिब्बा गाडी, ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जी।जे। ०३ ए।के। ३२३१ नम्बरको बस र काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको हो ।

घाइते हुनेहरूमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी छन् । चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठजना, मोटरसाइकलमा सवार एकजना र डिब्बा गाडीमा सवार एकजना घाइते भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077