Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो, यो घातक संस्कार हो : गोकुल बाँस्कोटा

प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो, यो घातक संस्कार हो : गोकुल बाँस्कोटा

आइतवार , मंसिर २१, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले महाधिवेशन प्रतिनिधि चयनमा पाखुरा सुर्किएको सुनिएको भन्दै यो घातक संस्कार हुर्कन दिन नहुने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो बताएका हुन् । उनले प्रायः सबै महाधिवेशनमा पार्टीको नीति, विधि, विचारकै बहस भएको पनि स्मरण गराए ।

‘चौथोमा विषेश कार्यक्रम सफल पार्न भनेर इलाका वाइएलले (युथ लिग) बदम, मकै शिला खोजेर सहयोग पठाइयो। तर पाँचौंदेखि आजसम्म सातौंबाहेक प्रतिनिधिकै रूपमा सहभागी हुने अवसर पाइयो। प्रायः सबैमा नीति विचारकै बहस चर्किए, अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो। यो घातक संस्कार हुर्कन दिन हुँदैन,’ उनले भनेका छन्।

एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७, २८, २९ गते हुँदैछ । तर ओखलढुंगा, सल्यान, दाङ, धनकुटा, डोटी, बर्दिया, बाँके लगायत जिल्लामा प्रतिनिधि छनोट विवादित बनेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077