Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

ढुंगाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

सोमवार , मंसिर २२, २०८२

बागलुङ । यहाँको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्काभेटरका सहचालक रोल्पाका १९ वर्षीय विशाल पुन मगर हुन् ।

स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णका लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए।

घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौरमा ल्याइएको उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077