Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

६७८ किलो गाँजा बोकेको ट्रकसहित दुईजना पक्राउ

६७८ किलो गाँजा बोकेको ट्रकसहित दुईजना पक्राउ

सोमवार , मंसिर २२, २०८२

विराटनगर। मोरङमा ठुलो परिमाणमा गाँजा बोकेको ट्रकसहित दुई जना पक्राउ परेका छन्।

जिल्लाको रतुवामाई नगरपालिका १ बाट ६७८ किलो गाँजा बोकेको ट्रकसहित दुई जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका २ का समेल राई र सोही ट्रकमा यात्रारत सहिदभूमि गाउँपालिका १ का विक्रम विशुङ्खे रहेका छन् ।

२१ मंसिरमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले प्र.१-०१-००१ख ३८२५ नम्बरको ट्रकलाई जाँच गर्दा फल्स डाला जोडेर ६७८ किलो गाँजा बरामद गरेको थियो।

उनीलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077