Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

चन्द्र भण्डारीले गरे कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

बुधवार , मंसिर २४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत औपचारिक रूपमा आफ्नो आकांक्षा सार्वजनिक गर्दै पार्टी नेतृत्वमा आउने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्- 'नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित १ तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म-जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।'

उनले साथीहरूको सुझाव, समयको माग र राजनीतिक वातावरणलाई सम्मान गर्दै आगामी कदम तय गरिने बताएका छन्

नेता भण्डारीले कांग्रेसको १४औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट उपसभापति पदका उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका थिए । त्यति बेला उनले १ हजार ५८० मत पाउँदा चौथो स्थान हासिल गरेका थिए ।

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077