Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्न सल्लाह गरे

महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्न सल्लाह गरे

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भएको भेट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने विषयमा छलफल भएको दावी गरेका छन् ।

नेता बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै एकपछि अर्को षड्यन्त्रको खेल सार्वजनिक भएको दाबी गरेका हुन् ।

उनले लेखेका छन्- 'दुई दिनअघि मात्र प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भएको भनिएको वार्तामा ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको छ ।'

उनले एमाले महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

हिजै जेनजी समूहको नाममा गरिएको वार्ता र सम्झौताको नाटक,हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम- 'केपी ओली गिरफ्तार' भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन्’, बस्नेतको भनाइ छ ।

यस्तै एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायल गरेको समेत आरोप लगाएका छन् ।

‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,'तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ? म भए जान्थे, उहाँ पनि जानैपर्छ । यसबिच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ ।’

'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077