Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महामन्त्री गगन थापा तेह्रथुमबाट एकल सिफारिस

महामन्त्री गगन थापा तेह्रथुमबाट एकल सिफारिस

सोमवार , मंसिर २९, २०८२

तेह्रथुम। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाम प्रतिनिधि सभा सदस्य उम्मेदवारी लागि हालसम्म ५ स्थानबाट नाम सिफारिस भएको छ ।

आइतबार पूर्वमन्त्री समेत रहेका थापाको नाम तेह्रथुमबाट एकल सिफारिस भएको हो।

मंसिर २८ गते बसेको जिल्ला कार्यसमितिसहित केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिहरुको संयुक्त बैठकले महामन्त्री थापाको नाम एकल रुपमा सिफारिस गर्ने निर्णय गरेको थियो।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा यसअघि सीता गुरुङ निर्वाचित भएकी थिइन् ।

यसअघि थापा निर्वाचित हुँदै आइरहेको काठमाडौं क्षेत्र नं ४ सहित रोल्पा, सर्लाही–४ र धनकुटाबाट समेत नाम सिफारिस भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077