ललितपुर । ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ द्वारा सम्मान गरिएको छ ।
बुधबार पुल्चोकस्थित महानगरपालिकाको प्रांगणमा विपद् व्यवस्थापन तथा उद्धार कार्यहरूमा गणले पुर्याएको योगदानको कदर स्वरूप महानगरपालिकाले १ लाख रुपैयाँ नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति थियो ।