Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेको मतगणना सुरु गर्ने तयारी, तीन घण्टाभित्र नतिजा आउने

एमालेको मतगणना सुरु गर्ने तयारी, तीन घण्टाभित्र नतिजा आउने

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न भएको मतदानको मतगणना आज बिहान ८ः०० बजेदेखि सुरु गर्ने तयारी गरिएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डपमा सम्पन्न मतदानमा दुई हजार दुई सय २७ मत खसेका छन् ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार कुल २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि मतदाता रहेकामा ३६ जना विभिन्न कारणले मतदानमा अनुपस्थित भएका थिए। मतदान प्रक्रिया बुधबार बिहान ९ः१२ बजेदेखि सुरु भएको थियो।

पोखरेलका अनुसार मतगणना सुरु गर्नुअघि मुचुल्का उठाउने र दलहरूबीच सहमति कायम गर्ने प्रक्रियाका कारण केही समय लाग्नेछ। तर मतगणना सुरु भएको करिब तीन घण्टाभित्र प्रारम्भिक परिणाम सार्वजनिक हुने अपेक्षा गरिएको छ।

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि यसपटक करिब ६ सय ४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतदान प्रक्रियालाई छरितो बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077