Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेप्से ११ अंकले घट्यो, कारोबार बढ्यो

नेप्से ११ अंकले घट्यो, कारोबार बढ्यो

बिहिवार , पौष ३, २०८२

काठमाडौं। आज नेप्से १०.६६ अंकले घटेको छ । ०.४० प्रतिशतले घटेको नेप्से २६१५.०३ विन्दुमा रोकिएको छ।

आज ३२९ कम्पनीको ६४ हजार २९ पटकको कारोबारमा एक करोड १२ लाख ९१ हजार ४०१ कित्ता सेयर किनबेच भए। जसमा आज चार अर्ब ५७ करोड ७८ लाख २७ हजार ९०३ रुपैयाँको कारोबार भयो। बुधबार सेयर बजारमा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेमा आज होटेल तथा पर्यटन ०.३५‚ निर्जीवन बिमा २४.१० र व्यापार समूहको सूचक १८.३४ अंकले बढ्दा बाँकी सबै राताम्मे रहे। नेप्सेमा आज ६३ कम्पनीको मूल्य बढ्यो‚ १९४ वटाको घट्यो भने दुई वटाको स्थिर रह्यो।

आज पनि स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिडेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम कारोबार मूल्य ३‚०९७ रुपैयाँ रह्यो। स्वस्तिकको सेयर मूल्यमा यो साता लगातार सकारात्मक सर्किट लाग्यो। साथै एसवाई प्यानलको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्यो। अर्थात् १० प्रतिशतले बढ्यो।

यस्तै बाराही हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ४.७६ प्रतिशतले घट्यो। बाराहीको अन्तिम कारोबार मूल्य ५३४ रुपैयाँ रह्यो।

आज सबैभन्दा धेरै बाराही हाइड्रोपावर लिमिटेडको सेयरको कारोबार भयो। आज यस कम्पनीको २४ करोड ७२ लाख ३४ हजार ३८० रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ५३४ रुपैयाँ कायम रह्यो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077