Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काशीनाथ अधिकारी : कम्युनिष्ट चरित्रको कोपभाजनमा

काशीनाथ अधिकारी : कम्युनिष्ट चरित्रको कोपभाजनमा

शुक्रवार , पौष ४, २०८२

काठमाडौं । राजनीति केवल सत्ता-समीकरण होइन, त्यो मूल्य र चरित्रको परीक्षा पनि हो । तर आजको नेपाली राजनीतिले यही परीक्षामा आफ्नै बेदाग अनुहारहरूलाई पटक-पटक असफल बनाइरहेको छ ।

काशीनाथ अधिकारी त्यसैको सबैभन्दा पछिल्ला मौन उदाहरण हुन् । नेपाली कांग्रेसमा कृष्णप्रसाद भट्टराई-सादगीका प्रतीक, त्यागका मूर्त रूप । सुशील कोइराला-दीर्घ संघर्षपछि नेतृत्वमा पुगेका इमानदार पात्र । भीमबहादुर तामाङ-निश्चल राजनीतिक कर्मको प्रतिनिधि ।

यिनै पङ्क्तिमा उभिन सक्ने कम्युनिष्ट आन्दोलनका नाम हुन् काशीनाथ अधिकारी । उस्तै सादगी, उस्तै त्याग, उस्तै समर्पण, उस्तै बेदाग चरित्र। फरक यति मात्र रह्यो-अरूले अवसर पाए, उनले उपेक्षा । भट्टराईलाई कांग्रेसले दुई-दुई पटक प्रधानमन्त्री बनायो, वर्षौं पार्टीको सभापतित्व सुम्पियो ।

सुशील कोइरालाले पार्टी र राज्य दुवैको नेतृत्व पाए। भीमबहादुर मन्त्री बने । तर काशीनाथ अधिकारीरु उनको इमानदारी नै उनको अयोग्यता बनाइयो। सादगी नै कमजोरी ठहरियो ।

न त उनी एमालेभित्रको गुटको राजनीतिमा फिट भए, न त पैसाको सौदाबाजीमा। परिणामतः उनी पार्टीभित्रै पराइ बने। एमालेको आजको छलछामपूर्ण राजनीतिमा ‘मनी’ र ‘मसल’ नै योग्यता बनेका छन्।

त्यहाँ काशीनाथहरूको इमानदारी कसरी टिक्थ्यो ररु काशीनाथ अधिकारी सत्ता-राजनीतिका लागि होइन, मूल्य-राजनीतिका लागि बनेका मानिस थिए। शायद यही कारण उनी नेतृत्वको सिँढी चढ्न होइन, इतिहासको छायाँमा बस्न बाध्य भए। तर इतिहास सधैँ पदको होइन, चरित्रको स्मरण गर्छ।

आज न सम्झिइए पनि, भोलि प्रश्न उठ्नेछ-एमालेभित्र किन काशीनाथ अधिकारी अटाएनन्रु त्यो प्रश्नले मात्र होइन, त्यसको उत्तरले पनि आजको कम्युनिष्ट राजनीति नाङ्गिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077