Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा

डीभी कार्यक्रम स्थगित गर्ने अमेरिकाको घोषणा

शुक्रवार , पौष ४, २०८२

एजेन्सी। अमेरिकाले सन १९९० देखि सुरु भएको  (डीभी) कार्यक्रम स्थगित गरेको छ ।

बिहीबार साँझ अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले अमेरिका सरकारले (डीभी) लट्री कार्यक्रम स्थगित गर्ने घोषणा गरेको बताएकी हुन् ।

अमेरिकाको ब्राउन विश्वविद्यालयका दुई विद्यार्थी र एमआईटीका एक प्राध्यापकको हत्या गरेका आरोपित व्यक्ति क्लाउडियो म्यानुअल नेभ्स भालेन्टे आठ वर्षअघि डाइभरसिटी भिसामार्फत अमेरिका आएको तथ्य खुलेपछि ट्रम्प प्रशासनले यो कदम चालेको हो ।

त्यसो त राष्ट्रपति ट्रम्प डाइभरसिटी भिसा लट्री कार्यक्रम लामो समयदेखि आलोचक रहँदै आएका छन् । सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै उनले आफ्नो पहिलो कार्यकालको सुरुआतमै यो कार्यक्रम समाप्त गर्ने प्रयास गरेका थिए ।

अमेरिकाकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्- 'यो घिनलाग्दो व्यक्तिलाई हाम्रो देशमा प्रवेश गर्न दिनु हुँदैन थियो राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार म तुरुन्तै यूएससीआईएसलाई डिभी–१ कार्यक्रम स्थगित गर्न निर्देशन दिँदै छु । ताकि यो विनाशकारी कार्यक्रमबाट थप अमेरिकीहरूलाई हानि नहोस् ।'

अमेरिकी प्रहरीले धेरै दिनदेखि ब्राउन विश्वविद्यालयमा गोली चलाउने व्यक्तिलाई खोजिरहेको भएपनि उनी अहिले मृत अवस्थामा भेटिएका छन् । गोली हान्ने क्लाउडियो म्यानुअल नेभ्स भालेन्टे सन् २०१७ मा यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेका थिए । उनलाई ग्रीन कार्डसमेत जारी गरिएको थियो ।

सन् १९९० को दशकमा सुरु भएको यो कार्यक्रममार्फत अमेरिकाले आप्रवासन दर कम भएका देशका नागरिकहरूलाई वार्षिक ५० हजार भिसा प्रदान गर्दै आएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077