Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस नेता केसीको चुनाव नलड्ने घोषणा, नयाँ पुस्तालाई अवसर दिने

कांग्रेस नेता केसीको चुनाव नलड्ने घोषणा, नयाँ पुस्तालाई अवसर दिने

शनिवार , पौष ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् ।

करिब ४५ वर्ष लामो प्रत्यक्ष निर्वाचन यात्रा पछि उनले यसपटक चुनावी राजनीतिबाट अलग हुने निर्णय गरेका हुन् ।

केसीले २०३८ सालदेखि नुवाकोटबाट निरन्तर चुनावी प्रतिस्पर्धा गर्दै आएका थिए । उनले अघिल्लो निर्वाचनमा नै मत माग्दै यो अन्तिम पटक भएको बताएका थिए । उनले नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता महसुस गर्दै यो निर्णय लिएको बताएका छन् ।

केसी २०३८ सालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएका थिए भने २०४३ सालको निर्वाचनमा पराजित भए पनि सोही अवधिमा जिल्ला पञ्चायत सभापति बनेका थिए । त्यसपछि २०४८ सालदेखि भएका प्रतिनिधिसभाका छ वटा निर्वाचनमा उनले सहभागिता जनाएका थिए ।

उनको दीर्घकालीन राजनीतिक योगदानलाई दृष्टिगत गर्दा केसीको चुनाव नलड्ने निर्णयलाई नुवाकोटसहित कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077