Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एपीएफ क्लबलाई हराउँदै इस्ट बंगालले जित्यो साफ क्लब महिला च्याम्पियनसिपको उपाधि

एपीएफ क्लबलाई हराउँदै इस्ट बंगालले जित्यो साफ क्लब महिला च्याम्पियनसिपको उपाधि

शनिवार , पौष ५, २०८२

काठमाडौं । एपीएफ क्लबलाई ३–० ले हराउँदै भारतको लिग च्याम्पियन इस्ट बंगालले साफ क्लब महिला च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा इस्ट बंगालले उपाधि कब्जा गरेको हो ।

बंगाललाई उपाधि दिलाउन कप्तान फजिला इक्वापुटले दुई गोल गरिन् भने सिल्किदेवी हमामले एक गोल गरिन् ।

योसँगै इस्ट बंगालले १० हजार र उपविजेता एपीएफ क्लबले ५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।

दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077