Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुर्गा प्रसाईको चेतावनी - जेनजीका माग पूरा नभए फागुन २१ को निर्वाचन हुन दिँदैनौँ

दुर्गा प्रसाईको चेतावनी - जेनजीका माग पूरा नभए फागुन २१ को निर्वाचन हुन दिँदैनौँ

आइतवार , पौष ६, २०८२

काठमाडौं । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफूहरू र जेनजी युवापुस्ताले अघि सारेका मागहरू सम्बोधन नभए आगामी फागुन २१ गते तय भएको निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले सरकारलाई यही पुस १० गतेसम्मको अल्टिमेटम दिँदै सो अवधिभित्र मागहरू पूरा गर्न ठोस पहल नगरे आन्दोलन चर्काउने घोषणा गरेका हुन् ।

उनले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्याललाई वार्ताको नाममा अल्मल्याउने प्रयास नगर्न आग्रह गर्दै भने, 'हामीलाई नजिस्क्याउनुस्। अहिले हाम्रो अभियानलाई ६० भन्दा बढी राजनीतिक दलको साथ छ । जेनजी भाइबहिनीहरूको समर्थन पनि हामीसँग छ। हाम्रा र जेनजीका मागहरू पूरा भए मात्रै देशमा फेरि चुनाव हुन्छ, नत्र चुनाव किन चाहियो ?'

प्रसाईंले फागुन २१ गते हुने भनिएको निर्वाचनको तयारी नगर्न सरकारलाई चेतावनी दिँदै भने, 'हामीले पुस १० गतेसम्म समय दिएका छौँ। त्यसबीचमा बोलाएर माग पूरा गर्न तत्पर नभए निर्वाचन हुन दिँदैनौँ ।'

पत्रकार सम्मेलनमा उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार पश्चिमी शक्तिहरूको डिजाइनमा बनेको आरोप समेत लगाए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077