काठमाडौं । सशस्त्र प्रहरी बलका तीन डीआईजीले आगामी साता एकै दिन अवकाश पाउने भएका छन्।
डीआइजीहरु कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीले पदावधिको हकका कारण अवकाश पाउन लागेका हुन्।
सशस्त्र प्रहरीमा डीआइजीको पदावधि ४+१ वर्ष हुन्छ । गत वर्ष १३ पुसमा उनीहरुको पदावधि एक वर्ष थप भएको थियो ।
विगतमा छिटो बढुवा हुँदा करिब २५ वर्ष सेवाअवधिमै उनीहरु अनिवार्य अवकाशमा पुगेका छन्।
उनीहरुको अवकाशसँगै सशस्त्र प्रहरीका डिआइजीका ६ सिट खाली हुने भएको छ। यसअघि सशस्त्र प्रहरीमा थपिएका तीन डिआइजी पदमा बढुवा भएको छैन ।
कानूनतर्फको पदमा युवराज अर्यालको बढुवा हुने निश्चित छ । तर, गृहमन्त्री ओमप्रकाश अर्यालको निकटस्थ भएको खुलेपछि उनको बढुवाले विवाद हुनसक्ने आकलन गरेर रोकिएको छ ।
प्रशासनतर्फ पाँच पदमा बढुवाका लागि १३ एसएसपीबिच प्रतिस्पर्धा छ ।
रिक्त रहने पदमा बढुवाका लागि एसएसपीहरू सशस्त्रमा एसएसपी बढुवाका दाबेदारहरुमा दिगविजय सुवेदी, किरण बस्नेत, राजेन्द्र खड्का कमल तिउसिना, सुधीरजंग थापा, माधव पौडेल, नरेन्द्र सेन, किरण ढुंगाना,शंकर खनाल , भूपेन्द्र केसी, निरकृष्ण अधिकारी लगायत छन्।