काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच वार्ता भइरहँदा छलफलमा निवर्तमान सांसद अमरेश कुमार सिंह पनि पुगेका छन् ।
बिहीबार ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा केहीबेरदेखि दुई नेताबीच वार्ता चलिरहँदा अमरेश पनि छलफलस्थल पुगेका हुन् ।
जेनजी अभियन्ता सुदन गुरुङ समेत छलफलस्थलमा छन् । उनले एकजुट हुन दबाब दिँदै दुई नेताहरुबीच वार्ता सम्पन्न नहुँदासम्मका लागि ढोकाको ताला नखुल्ने बताएका छन् ।
रवि र बालेनबीच यसअघि पहिलोपटक सोमबार लामो वार्ता भएको थियो । सो भेटपछि रविले आफूहरुले बालेनसँग् मात्र नभएर कुलमान घिसिङ र सुदन हरुसँग समेत छलफल गरेर अघि बढ्ने तयारी रहेको प्रतिक्रिया दिएका थिए ।
त्यस्तै आजै नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा र कुलमानले समेत बालेनलाई भेटेका थिए ।