काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई भेट्न पुगेका छन् ।
भट्टराई ललितपुरको कुपण्डोलस्थित बालेन बसिरहेको कुमार व्यञ्जनकारको घरमा उनलाई भेट्न पुगेका हुन् । भट्टराईको सचिवालयका अनुसार, बालेनले भेट्न खोजेपछि भट्टराई गएका हुन् ।
यसअघि बालेनले सोही घरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चार घण्टा लामो कुराकानी गरेका थिए ।
त्यस्तै निवर्तमान स्वतन्त्र सांसद डा। अमरेश कुमार सिंह पनि उनलाई भेट्न पुगेका थिए ।
आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ ।