Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा

आगामी निर्वाचन नलड्ने विश्वप्रकाश शर्माको घोषणा

बिहिवार , पौष १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन्।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यो निर्णय सार्वजनिक गरेका हुन्।

शर्माले झापा–१ क्षेत्रका नेता तथा कार्यकर्तालाई पहिले नै आफ्नो धारणा राखिसकेको उल्लेख गर्दै भने, 'हिजो पुस ९ गते झापामा क्षेत्रीय भेलामै मैले भनेको थिएँ—को उम्मेदवार बन्ने हो, दाबी गरेर अगाडि आउनुस्।'

उनका अनुसार एक वर्षअघि ०८१ पुस २१ गते मेचिनगर–झापाको धुलाबारीस्थित अतिथि सदनमा आयोजित कार्यक्रममा पनि उनले आगामी ०८४ को चुनावमा उम्मेदवार बन्न इच्छुक नरहेको घोषणा गरिसकेका थिए। 'त्यसबेला नै इच्छुक साथीहरूलाई अहिल्यैदेखि गाउँमा मेहनत गर्न आग्रह गरेको थिएँ,' उनले भने।

बैठकमा शर्माले आफू लगातार तीन पटक उम्मेदवार बनिसकेकाले यसपटक उम्मेदवार नबनेर नयाँ साथीहरूलाई अघि सार्ने प्रस्ताव क्षेत्रबाट लिएर आएको जानकारी गराए। यद्यपि, सर्वसम्मत रूपमा सिफारिस गरिएकोप्रति झापा–१ का नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे।

शर्माले राजनीतिमा देखिँदै आएको ‘सधैं उम्मेदवार बन्ने’ प्रवृत्तिको आलोचना गर्दै भने, 'आफ्नो पावरले भ्याएसम्म उम्मेदवार बन्ने, जित्दा त कुरै भएन, हार्दा पनि क्षेत्र नछाड्ने, एक क्षेत्रमा हारे अर्को क्षेत्रमा उम्मेदवार बन्ने, बाँचुन्जेल क्षेत्र कब्जा गर्ने सोच र सासले भ्याएसम्म मन्त्री भइरहने प्रवृत्ति भत्काउन जरुरी छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077