Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल सहयोग गर्न प्रचण्डको अपिल

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल सहयोग गर्न प्रचण्डको अपिल

बिहिवार , पौष १०, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले मौसममा आएको परिवर्तनसँगै तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको बताएका छन् ।

बिहीबार जारी अपिलमा दाहालले चिसोका कारण विशेषगरी समाजका गरीब तथा सिमान्तकृत वर्गका नागरिक बढी पीडित भएको उल्लेख गर्दै उनीहरूलाई तत्काल सहयोग पुर्‍याउन सरकार, राजनीतिक दल, संघ-संस्था र सबै सरोकारवालासँग आग्रह गरेका छन्।

उनले सम्भावित मानवीय क्षति र स्वास्थ्य समस्या रोक्न तीनवटै तहका सरकारलाई आवश्यक प्रतिकार्यका लागि तयारी गर्न आह्वान गरेका छन् ।

साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन र राहत तथा उद्धारका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समिति र कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077