Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज देउवा, ओली र प्रचण्डलाई भेट्दै सञ्चारमन्त्री खरेल

आज देउवा, ओली र प्रचण्डलाई भेट्दै सञ्चारमन्त्री खरेल

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन् ।

मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्न लागेका हुन् । खरेल नेताहरूको निजी निवासमै पुगेर भेटवार्ता गर्नेछन् ।

निर्धारित कार्यतालिकाअनुसार बिहान ९ः३० बजे देउवाको निवास बूढानीलकण्ठ, बिहान ११ बजे ओलीको निवास गुण्डु र मध्याह्न १२ बजे प्रचण्डको निवास खुमलटार पुग्ने कार्यक्रम तय भएको छ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सरकार र प्रमुख दलबीच समन्वय तथा छलफललाई तीव्र बनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077