Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीलाई सरकारले भन्यो- चुनावका लागि तयार छौँ, सुरक्षामा कुनै शंका छैन

ओलीलाई सरकारले भन्यो- चुनावका लागि तयार छौँ, सुरक्षामा कुनै शंका छैन

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सञ्चार एवं सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकार सबै तबरबाट सक्षम रहेको बताएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गुण्डुस्थित निवासमा दुई घण्टासम्म भएको भेटर्वातापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरलले सो कुरा बताएका हुन् ।

गुण्डुमा ओलीसँग भेटवार्ताका क्रममा आफूले निर्वाचनका लागि सुरक्षाका हिसावले समेत सरकारको तयारी तीव्र रहेको जानकारी गराएको बताए ।

सञ्चारमन्त्री खरेलले भने- 'मुख्य राजनीतिक दलको कार्यालयमै गएर पनि नेतासँग कुरा गरियो । राष्ट्रपतिले पनि छलफल शीर्ष नेतृत्वसँग कुरा गर्नु भयो । सरकारको तर्फबाट सुरक्षा मजबुत भएको कुरा जानकारी गराएँ । सरकार पनि तयार छ । निर्वाचनमा भाग लिन आग्रह गर्न पनि म यहाँ आएको थिएँ ।'

भेटका क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचनको वातावरण बनिनसकेको हो कि भन्ने शंका व्यक्त गरेको समेत बताए ।

तर आफूले सुरक्षाका दृष्ट्रिकोणले निर्वाचनको वातावरणमा कुनै शंका नगर्न आग्रह गरेको समेत बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077