Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु

शनिवार , पौष १२, २०८२

कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ शुक्लाफाँटा नगरपालिका-५, बनसमितीमा भएको दुर्घटनामा मोटरसाइकल चालक स्थानीय ४५ वर्षीय गुड्डु विकको मृत्यु भएको हो ।

ट्याक्टरसँग ठोकिएर टाउको र खुट्टामा चोट लागी गम्भीर घाइते भएका विकलाई महाकाली अस्पताल लगिएको थियो । तर उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडि बसेका वीरराम पोखरेल भने झलारीस्थित टी एन्ड सी अस्पतालमा उपचाररत छन् । म १ त ९३१ नम्बरको ट्याक्टर र सुपप्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।

ट्याक्टर र चालक लालझाडी गाउँपालिका(३ का २६ वर्षीय वीरेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077