Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र बालेनसँग सहमति हुन नसकेपछि अन्तिम समयमा समानुपातिकको सूची बनाउँदै कुलमान

रवि र बालेनसँग सहमति हुन नसकेपछि अन्तिम समयमा समानुपातिकको सूची बनाउँदै कुलमान

सोमवार , पौष १४, २०८२

काठमाडौं । उज्यालो नेपाल पार्टी(उनेपा)ले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने भएको छ ।

उनेपाको अन्य दलसँग एकता प्रयास सफल हुन नसकेपछि समानुपातिकतर्फको उम्मेदवारको छुट्टै सूची बुझाउन लागेको हो ।

आइतबार बेलुका रातिसम्म रास्वपाका सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङबीच एकताबारे छलफल भए पनि वाता निष्कर्षविहीन भएको थियो ।

पदीय बाँडफाँटमा सहमति जुट्न नसकेपछि उनेपाले समानुपातिकको सूचीलाई अन्तिम रुपम दिन लागेको उनेपाका केन्द्रीय सदस्य जीतराम लामाले जानकारी दिए ।

लामाले भने- 'दुई पार्टीबिच वार्ता जारी रहन्छ तर उज्यालो नेपालले छुट्टै समानुपातिक बन्द सूची बुझाउने गरी अन्तिम तयारी गरिरहेको छ ।आज समानुपातिक सूची बुझाएसँगै देशव्यापी प्रचारमा हामी लाग्छौं ।'

लामाले पार्टीले आज समानुपातिकमा ११० उम्मेदवारको सूची बुझाउने तयारी गरिरहेको बताए ।

निर्वाचन आयोगमा समानुपातिक तर्फका नाम पेश गर्ने आज अन्तिम दिन हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077