Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि–बालेन–कुलमान मिलेपछि हर्क साम्पाङको आक्रोश - हुतिहाराहरूको जमानत जफत हुन्छ

रवि–बालेन–कुलमान मिलेपछि हर्क साम्पाङको आक्रोश - हुतिहाराहरूको जमानत जफत हुन्छ

सोमवार , पौष १४, २०८२

काठमाडौँ । रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच चुनावी तालमेलको सहमति जुटेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कडा टिप्पणी गरेका छन् ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै साम्पाङले एक्लै चुनाव लड्ने आँट नभएपछि उनीहरूबीच गठबन्धन भएको दाबी गरेका हुन् । उनले उक्त गठबन्धनमा सहभागी नेताहरूको जमानत जफत हुनेसमेत दाबी गरे ।

साम्पाङले फेसबुकमा लेखेका छन्, ‘अहिले जो–जो गठबन्धन गर्दैछन्, उनीहरूको जमानत जफत हुने देखिन्छ ! नत्र त एक्लै लडिहाल्थे नि ! हुतिहाराहरू !’

उनले जेन–जी पुस्तालाई लक्षित गर्दै आफ्नो पार्टी श्रम संस्कृति पार्टीमा लाग्न अपिलसमेत गरेका छन् । रवि–बालेनको नयाँ गठबन्धनले युवाहरूको माग सम्बोधन गर्न नसक्ने जिकिर गर्दै साम्पाङले उनीहरूलाई ‘गेमर’ को संज्ञा दिएका छन् ।

उनले लेखेका छन्, 'देशका लागि एक थोपा पसिना नबगाएका गेमरहरु जेनजीको रगतमाथि राजनीति गर्न खोज्छन् ।' तर साम्पाङले कसैको पनि नाम उल्लेख गरेका छैनन् ।

रास्वपा, बालेन शाह र कुलमान घिसिङबीच चुनावी मोर्चाबन्दी तय भएको घोषणा भएसँगै साम्पाङले उनीहरूविरुद्धको वाकयुद्धलाई थप आक्रामक बनाउँदै लगेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077