Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

काठमाडौंमा नक्कली सुन देखाई ठगी गर्ने गिरोह पक्राउ

काठमाडौंमा नक्कली सुन देखाई ठगी गर्ने गिरोह पक्राउ

सोमवार , पौष १४, २०८२

काठमाडौं । सुनजस्तै देखिने धातुको डल्लो देखाई ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–५ थली क्षेत्रमा ठगी गरी फरार रहेका व्यक्तिहरूको खोजतलासका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा मकवानपुर, इन्द्रसरोवर गाउँपालिका निवासी सुकुमान सिंह ब्लोन, मकवानपुर निवासी राजेन्द्र तामाङ, मकवानपुर, बकैया गाउँपालिका निवासी वीरबहादुर तामाङ, नवलपरासी, देवचुली निवासी जितबहादुर तामाङ रहेका छन् ।

प्रहरीले पक्राउ परेका चारै जनालाई ठगीको कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077