Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राजनीति आकर्षक बन्दै जानु सकारात्मक पक्ष हो : चन्द्र भण्डारी

राजनीति आकर्षक बन्दै जानु सकारात्मक पक्ष हो : चन्द्र भण्डारी

मंगलवार , पौष १५, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति क्रमशः आकर्षक बन्दै जानु सकारात्मक संकेत भए पनि त्यससँगै गहिरा चुनौतीहरू पनि जोडिएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सत्ता र प्रेमलाई शक्तिशाली तर संवेदनशील तत्वका रूपमा चित्रित गरेका छन् ।

नेता भण्डारीका अनुसार सत्ता र प्रेम दुवै अत्यन्त प्रभावशाली भए पनि कुन अवस्थामा यी तत्वहरू द्वन्द्वमा परिणत हुन्छन् भन्ने कुरा सहजै अनुमान गर्न सकिँदैन। उनले राजनीति यात्रालाई आकर्षक मात्र नभई संयम, चेतना र आत्मअनुशासन आवश्यक पर्ने क्षेत्रका रूपमा व्याख्या गरेका छन्।

‘राजनीति आकर्षक बन्दै जानु सकारात्मक पक्ष हो, तर यो यात्रामा चुनौतीहरू कम छैनन्। सत्ता र प्रेम दुवै शक्तिशाली तत्व हुन्स तर कुन समयमा कुन तत्व द्वन्द्वमा परिणत हुन्छ, थाहै हुँदैन,’ भण्डारीले लेखेका छन्।

उनले सत्ताबाट उत्पन्न हुने लोभ र मोहले ‘म’ भावना जन्माउने, त्यसबाट अहंकार विकास हुने र अन्ततः अहंकारले आन्तरिक द्वन्द्व सिर्जना गर्ने चेतावनी दिएका छन्। यस्तो अवस्थाले नेतृत्व कमजोर बनाउने मात्र होइन, राजनीतिक प्रणालीमै संकट निम्त्याउन सक्ने उनको टिप्पणी छ।

यस सम्पूर्ण अवस्थाको समाधान भने नेतृत्वको इच्छाशक्तिमा निहीत इमान्दारितामै रहेको नेता भण्डारीको निष्कर्ष छ। इमान्दारितालाई उनले द्वन्द्व व्यवस्थापनको ‘डाक्टर’को संज्ञा दिएका छन् । यो निष्कर्ष आफ्नै राजनीतिक अनुभवबाट आएको उनले उल्लेख गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077