Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच भेट- देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्ति कायम राख्न आग्रह

प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईँबीच भेट- देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्ति कायम राख्न आग्रह

मंगलवार , पौष १५, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको शान्ति, सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग पुर्‍याउन सबै पक्षसँग अपिल गरेकी छन् ।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले देशले थप अस्थिरता झेल्न नसक्ने भन्दै शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्न र जनताबाट अनुमोदन प्राप्त गर्ने लोकतान्त्रिक बाटो अपनाउन आग्रह गरेकी हुन् ।

भेटमा प्रधानमन्त्रीले निर्वाचनलाई दिगो लोकतन्त्रको आधारको रूपमा प्रस्तुत गर्दै सबै राजनीतिक पक्षलाई जिम्मेवार बन्न आग्रह गरेकी छन् ।

उनले भनिन्- 'धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ । सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ।'

प्रधानमन्त्री कार्कीले मुलुकलाई कठिन परिस्थितिबाट शान्तितर्फ फर्काएको स्मरण गर्दै प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077