Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि

तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि

बुधवार , पौष १६, २०८२

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न आज पोखरा पुगेका छन् ।

जिल्ला अदालत कास्कीमा उपस्थित भई तारिख बुझ्ने प्रयोजनका लागि लामिछाने पोखरा आएका हुन् ।

उनी सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए भने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

अदालतको आदेशअनुसार उनी नियमित रूपमा तारिख बुझ्न उपस्थित हुँदै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077