Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

बुधवार , पौष १६, २०८२

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा सिकार खेल्दा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको घटनामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी सुधीरकुमार खड्काका अनुसार मृतक प्रचण्डदेवसहित ६ जना स्थानीय जंगलमा सिकार खेल्न गएका थिए ।

उनीहरूमध्ये ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५।१८ ग्राम बारुद र भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

सिकारीमाथि मंगलबार जिल्ला अदालतमा हतियार तथा खरखजाना मुद्दामा सात दिनको म्याद थप गर्दै अनुसन्धान सुरु गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077