Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस विशेष महाधिवेशनको तयारीमा जुटे महामन्त्रीद्वय थापा र शर्मा, हलसमेत बुक गरियो

कांग्रेस विशेष महाधिवेशनको तयारीमा जुटे महामन्त्रीद्वय थापा र शर्मा, हलसमेत बुक गरियो

बिहिवार , पौष १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी तिव्र पारेका छन् ।

आगामी पुस २६ गतेबाट पार्टीको १५औँ महाधिवेशन गर्ने घोषणा भएको थियो । तर घोषित मितिमा नियमित महाधिवेशन नहुने भएसँगै महामन्त्रीद्वय विशेष महाधिवेशनका लागि लागेका हुन् । त्यसका लागि काठमाडौंको प्रदर्शनीमार्थस्थित भृकुटीमण्डपमा दुई दिनका लागि हल बुकिङ गरिएको छ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हल बुकिङ गरिएको कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन् । उनका अनुसार आगामी पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना हुनेछ ।

नेपाली कांग्रेसको विधानमा अघिल्लो महाधिवेशनका ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षरसहित माग गरेमा विशेष महाधिवेशन बोलाउनु पर्ने व्यवस्था रहेको छ । तर यसअघि नै ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित पार्टी नेतृत्वसँग विशेष महाधिवेशनको माग गरिसकेका छन् । गत असोज २९ गते नै विशेष महाधिवेशन पक्षधरले कार्यवाहक सभापति पूर्णबहादुर खड्का समक्ष ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाइएको थियो ।

यता महामन्त्रीद्वय थापा र शर्माले पार्टीको नियमित महाधिवेशन गर्ने तर नियमित महाधिवेशन सम्भव नभएमा विशेष महाधिवेशन गर्ने बताएका थिए । सो अनुसार गत मंसिर १५ गते सम्पन्न कांग्रेसको केन्द्रीय समिति बैठकले आगामी पुस २६, २७ र २८ गते केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको थियो । जसअनुसार पुस १६ गते गाउँ, वडा र नगर अधिवेशनको मिति तोकिएको थियो । तर तोकिएको मिति अनुसार विशेष महाधिवेशनको कार्यतालिका अघि नबढेपछि विशेष महाधिवेशन गर्न लागिएको हो ।

यसबारे महामन्त्रीद्वय थापा र शर्माले पनि सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराउने तयारी समेत गरेका छन्।

तर, सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति भने विशेष महाधिवेशन सम्भव नभएको प्रतिक्रिया दिँदै आइरहेका छन् । देउवाले यसअघि नै आगामी प्रतिनिधि सभा निर्वाचनमा असर पर्ने भन्दै विशेष महाधिवेशन हुँदैन नियमित गर्ने भए सबै मिलेर अगााड बढ्न भनि सकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077