Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा ६५ लाखभन्दा बढी चोरी गर्ने युवक पक्राउ, चाँदीका गरगहना र नगद बरामद

बालुवाटारमा ६५ लाखभन्दा बढी चोरी गर्ने युवक पक्राउ, चाँदीका गरगहना र नगद बरामद

बिहिवार , पौष १७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका एक युवकलाई प्रहरीले चोरिएको रकमसहित पक्राउ गरेको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका अनुसार बालुवाटारस्थित स्मार्ट नेटवर्क प्रालिबाट ४८ लाख ७२ हजार रुपैयाँ र इको भ्याली प्रालिबाट आठ लाख ५८ हजार रुपैयाँ चोरी गर्ने काठमाडौं महानगरपालिका–२ खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गाबहादुर केसी पक्राउ परेका हुन्।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण धितालले यही पुस १२ गते राति ठूलो रकम चोरी गरी फरार रहेका केसीलाई दाङ प्रहरीको सहयोगमा पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीका अनुसार घटनापछि फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङसँगको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी काठमाडौं ल्याइएको हो ।

पक्राउ परेका केसीको साथबाट प्रहरीले ६५ लाख १७ हजार रुपैयाँ नगद, चाँदीका ब्रास्लेट १५ थान, चाँदीका सिक्का २८ थान, चाँदीजस्तो देखिने सेतो धातु एक थान तथा एक थान ल्यापटप बरामद गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उपत्यका प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077