Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्रीले ‘भ्रष्टाचारीलाई कारबाही गर्न सक्दिनँ’ भन्नुभयो, आइतबारपछि बैंक–सहकारी लखेट्छौँ : दुर्गा प्रसाईं

प्रधानमन्त्रीले ‘भ्रष्टाचारीलाई कारबाही गर्न सक्दिनँ’ भन्नुभयो, आइतबारपछि बैंक–सहकारी लखेट्छौँ : दुर्गा प्रसाईं

बिहिवार , पौष १७, २०८२

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले प्रधानमन्त्रीले भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने जवाफ दिएको दाबी गरेका छन् ।

प्रधानमन्त्रीसँगको भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले यस्तो दाबी गरेका हुन् । उनले सरकारका प्रतिनिधिले पाँच दिनभित्र भ्रष्टाचारी पक्राउ गर्ने भनी दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेको बताए ।

त्यस क्रममा प्रधानमन्त्रीले लाचारी व्यक्त गरेको प्रसाईंको दाबी छ । ‘प्रधानमन्त्रीज्यूले उहाँहरू (भ्रष्टाचारी) लाई हामी कारबाही गर्न सक्दैनौँ, त्यो आशै नगर्दा हुन्छ भन्नुभयो,’ प्रसाईंले भने, ‘उहाँले ठाउँ नै यस्तै रहेछ भन्ने जवाफ दिनुभयो।’

प्रसाईंले सरकार समस्याको समाधान खोज्नुभन्दा पनि त्यसलाई पन्छाएर चुनावतर्फ केन्द्रित भएको आरोप लगाए ।

सरकारसँग वार्ताका लागि आफ्नो टोली तयार रहेको बताउँदै प्रसाईंले आइतबारसम्म सहमति हुने अपेक्षा व्यक्त गरे। तर माग पूरा नभए कडा कदम चालिने चेतावनी पनि दिए।

‘हाम्रो वार्ता टोली भोलिदेखि गम्भीर रूपमा लाग्नेछ र आइतबार सम्झौतामा हस्ताक्षर गर्ने कुरा छ,’ उनले चेतावनी दिँदै भने, ‘यदि आइतबार हस्ताक्षर भएन र माग पूरा भएनन् भने हामी गाउँ–गाउँबाट लघुवित्त, सहकारी र बैंकहरू लखेट्न बाध्य हुनेछौँ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077