Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वप्रकाश शर्माले भने- विधानअनुसार विशेष महाधिवेशन गर्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ

विश्वप्रकाश शर्माले भने- विधानअनुसार विशेष महाधिवेशन गर्दा पार्टी फुट्दैन, एकढिक्का रहन्छ

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनलेपार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्ताहरुलाई यस्तो आग्रह गरेका हुन् ।

उनले पार्टीभित्र एकताको विषयमा उठेका आशंकाहरू निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गरे ।

उनले भने, ‘विधानअनुसार कुनैपनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ । धेरै पार्टीका साथीहरुले आशंका व्यक्त गर्नुभएको छ सबैलाई ढुक्क बनाउन चाहन्छु ।

उनले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पदान समिति बैठकमा छलफल हुने बताए ।

कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीद्वय गगन थापा र शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077