Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णयहरु [सूचीसहित]

यी हुन् कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णयहरु [सूचीसहित]

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १५ औँ महाधिवेशनको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको स्पष्ट पार्दै विशेष महाधिवेशनको मागको कुनै औचित्य नरहेको ठहर गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा सार्वजनिक गरिएको कार्यसम्पादन समिति बैठकको निर्णयमा नियमित १५ औँ महाधिवेशनको कार्यतालिका पार्टी विधानअनुसार सर्वसम्मत रूपमा स्वीकृत भइसकेको र सोही आधारमा आवश्यक प्रक्रिया अघि बढिसकेको उल्लेख गरिएको छ।

निर्णयको पहिलो बुँदामै भनिएको छ, ‘मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेको सबैलाई अवगत नै छ।’

निर्णयमा थप स्पष्ट गर्दै भनिएको छ, ‘यसरी नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा विधानबमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ ।’

यस्ता छन् निर्णयहरु :

May be an image of textMay be an image of ticket stub, blueprint, map and textMay be an image of ticket stub and textMay be an image of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077