Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वपक्षीय सरकार बन्ने सम्भावना छैन : प्रचण्ड

सर्वपक्षीय सरकार बन्ने सम्भावना छैन : प्रचण्ड

शनिवार , पौष १९, २०८२

संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निर्वाचनमा केन्द्रित भएको बताएका छन् ।

शनिबार प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले वर्तमान सरकारले नै निर्वाचन गराउने बताए ।

राजनीतिक दलले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको अवस्थामा देश अब चुनावतर्फ होमिएको उनले उल्लेख गरे । ‘जेनजी’ युवापुस्ता निर्वाचनका पक्षमा रहेकाले कुनै शंका गरिरहनुपर्ने अवस्था नभएको उनले बताए ।

प्रचण्डले अब देशमा सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको टिप्पणी गरे । सरकार पुनर्गठन नहुने उनको भनाइ थियो ।

काठमाडौं फर्कनुअघि पत्रकारसँग उनले वर्तमान सरकार फागुन २१ गते नै प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन सक्षम रहेको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077