Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

जुरीखेतमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

आइतवार , पौष २०, २०८२

मकवानपुर । हेटौँडा–काठमाडौं जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका-६, जुरीखेतस्थित सडकमा आइतबार साँझ भएको सुमो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ आउदै गरेको ना १ ज १७७८ नम्बरको सुमो गाडी दुर्घटना हुँदा घाइते भएका नौ जनामध्ये छ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । मृतकहरूको सनाखत हुन बाँकी छ ।

प्रवक्त बोगटीका अनुसार घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको थियो । तीनजनाको भने सोही हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077