Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल

शेखर कोइरालाले गरे आफूनिकट नेताहरूसँग छलफल

सोमवार , पौष २१, २०८२

काठमाडौं । नेपाली कांग्रेस इतर समूहका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि छलफल गरेका छन् ।

कोइरालाले आफू निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग विशालनगरस्थित आफ्नै सम्पर्क कार्यालयमा सोमबार बिहान छलफल गरेका हुन् ।

छलफलमा सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेल, कांग्रेस धादिङ सभापति रामनाथ अधिकारी, नुवाकोट सभापति रमेश महतसहितका नेताहरू सहभागी थिए ।

छलफलमा सहभागी केन्द्रीय सदस्य डा।पोखरेलले अहिले पार्टीभित्र देखिएको विवादको मध्यमार्गी समाधान के हुन सक्छ भनेर डा। कोइरालाले आफू निकटका नेताहरूसँग छलफल गरेको जानकारी दिएका छन्।

कोइरालाले पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक अवस्थाबारे पार्टीका पदाधिकारी, केन्द्रिय सदस्य, जिल्ला सभापति लगायत नेताहरूसँग शनिबार पनि छलफल गरेका थिए ।

शुक्रबार कार्यसम्पादन समितिले बहुमतले वैशाख २८ देखि ३१ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयमा ५ जनाले फरक मत राख्दै पुसभित्र विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व लिई निर्वाचनमा जानुपर्ने बताएपछि विवाद चुलिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077