Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१२४ केजी गाँजासहित चितवनमा दुईजना पक्राउ

१२४ केजी गाँजासहित चितवनमा दुईजना पक्राउ

सोमवार , पौष २१, २०८२

चितवन । मोटरसाइकलमा राखेर गाँजा ओसारपसार गर्दै गरेका दुई जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ डुम्रेखाँडीका ३३ वर्षीय वीरबहादुर तमाङ र ३१ वर्षीय हीरालाल तमाङ रहेका छन् ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार भण्डरा–मलेखु सडकखण्ड अन्तर्गतको पहाडी क्षेत्र डुम्रेखाँडीबाट गएराति करिब १ बजे उनीहरूलाई पक्राउ गरिएको हो । गाँजा बोकेका दुई वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउका क्रममा दुई वटा मोटरसाइकलमा राखिएको १२४ केजी गाँजा बरामद गरिएको हो ।

डिएसपी खनालका अनुसार चितवन प्रहरीले मंसिर १ गतेदेखि लागुऔषध नियन्त्रणका लागि ‘अप्रेशन डेल्टा’ सञ्चालन गरिरहेको छ।

सो अभियानअन्तर्गत पुस २० गतेसम्म ३१ केजी गाँजा, ९ ग्राम चरेस, २०२ ग्राम खेरोहिरोइन, ५ हजार १२८ क्याप्सुल ट्रामाडोल, तथा डाइजेपाम, फेनारगन र नुर्फिनका १३१–१३१ एम्पुल बरामद गरिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077