Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सेयर बजारका सबै सूचक बढे

सेयर बजारका सबै सूचक बढे

सोमवार , पौष २१, २०८२

काठमाडौं। नेप्से आज  २८.७३ अंकले बढेको छ। अघिल्लो दिनको तुलनामा १.१० प्रतिशतले बढेको नेप्से २‚६३९.३७ विन्दुमा अडियो।

साताको पहिलो कारोबार दिन आइतबार १०.२९ अंकले घटेको थियो । सेयर बजारमा सोमबार ३३५ कम्पनीको ८४ हजार ९९० पटकको कारोबारमा एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता सेयर किनबेच भए। जसमा आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ रुपैयाँको कारोबार भयो।

आज कारोबार रकम पनि बढेको छ। हिजो सेयर बजारमा पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ रुपैयाँको कारोबार भयो।

नेप्सेमा आज १३ वटै समूहका सूचकमा हरियाली देखिए। जसअनुसार वाणिज्य बैंक समूहको ०.६७ प्रतिशत‚ विकास बैंक २.७०‚ फाइनान्स ०.८३‚ आज होटेल तथा पर्यटन २.५३‚ जलविद्युत् १.४४, लगानी १.२५‚ जीवन बिमा ०.४९, उत्पादन तथा प्रशोधन ३.०५‚ लघुवित्त ०.५३‚ म्युचुअल फन्ड ०.४३‚ निर्जीवन बिमा ०.५७‚ अन्य समूह ०.७३ प्रतिशत र व्यापार समूह ०.२२ अंकले बढे। नेप्सेमा सोमबार २१४ कम्पनीको मूल्य बढ्दा ३७ वटाको मात्र घट्यो। आठ कम्पनीका सेयरमूल्य भने स्थिर रहे।

सेयर बजारमा सोमबार पाँचवटा कम्पनीका मूल्यमा सकारात्मक सर्किट लाग्यो अर्थात् १० प्रतिशतले बढे। सकारात्मक सर्किट लाग्ने कम्पनीमा सागर डिस्टलरी‚ एसवाई प्यानल नेपाल‚श्रीनगर एग्रिटेक‚ बन्दिपुर केबलकार र रुरु जलविद्युत् परियोजना छन्। सबैभन्दा बढी स्ट्यान्डर्ड चार्टर्डको डिबेन्चर २.४९ प्रतिशतले ओरालो लाग्यो। जसको अन्तिम कारोबार मूल्य १‚१८० रुपैयाँ कायम रह्यो।

आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको सेयर कारोबार भयो। आज यसको ३८ करोड ६९ लाख ५० हजार ३४७ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ६२९ रुपैयाँ कायम रह्यो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077