Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलरमाथि छानबिन, नेपाल फिर्ता बोलाइए

यूएईस्थित नेपाली दूतावासका श्रम काउन्सुलरमाथि छानबिन, नेपाल फिर्ता बोलाइए

सोमवार , पौष २१, २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित नेपाली दूतावासका श्रम काउन्सुलर दिपेन्द्र पौडेलमाथि नेपाल सरकारले छानबिन थालेको छ।

छानबिनका क्रममा उनलाई नेपाल फिर्ता बोलाइएको छ । प्रवासी नेपाली श्रमिकहरूले दूतावासमा दर्ता गराएका उजुरीहरू नियमानुसार अभिलेख नगर्ने, उजुरी दर्ता नै नगरी लुकाउने, दर्ता भएका उजुरीको समेत समाधान नगर्ने, श्रमिक उद्धार तथा शव व्यवस्थापनमा अनियमितता गर्ने जस्ता गम्भीर आरोप पौडेलमाथि लागेको छ।

यसपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले संयुक्त रूपमा छानबिन अघि बढाएका हुन्।

उजुरीकर्ताहरूका अनुसार समयमै जानकारी गराइएका तलब नपाएको, काम रोकिने, रोजगारदातासँगको विवाद, कानुनी सहायताको अभावलगायत श्रमिक समस्याहरू दूतावासमा दर्ता नै नगरी बेवास्ता गरिएको थियो। दूतावासले प्रभावकारी भूमिका ननिभाउँदा श्रमिकका समस्या सम्बन्धित निकायसम्म पुग्न नसकेको उनीहरूको गुनासो छ।

श्रम मन्त्रालयका उपसचिवसमेत रहेका पौडेल गत वर्ष कार्तिक महिनामा श्रम काउन्सुलरको जिम्मेवारीमा नियुक्त भएका थिए। उनीमाथि गम्भीर प्रश्न उठेपछि श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा दूतावासको संयुक्त आन्तरिक छानबिन कार्यदल गठन गरी उजुरी दर्ता, व्यवस्थापन र प्रतिवेदन प्रक्रियाको समग्र समीक्षा सुरु गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

यस विषयमा दूतावासका अधिकारीहरूले औपचारिक धारणा सार्वजनिक नगरे पनि मन्त्रालयको निर्देशनअनुसार श्रम काउन्सुलर पौडेललाई फिर्ता बोलाइएको दूतावासले पुष्टि गरेको छ।

मन्त्रालय स्रोतका अनुसार पौडेलविरुद्ध यसअघि पनि मुख्य सचिव, श्रम सचिव तथा परराष्ट्र र श्रम मन्त्रालयमा पटक–पटक उजुरी परेका थिए। आरोप गम्भीर बन्दै गएपछि उनलाई यूएईबाट रमाना गराई मन्त्रालयमा तानिएको हो। उनी शनिबार नेपाल फर्किसकेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077