Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कारले किच्यो, उपचारका क्रममा मृत्यु

ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई कारले किच्यो, उपचारका क्रममा मृत्यु

सोमवार , पौष २१, २०८२

बुटवल । बुटवलको रामनगर क्षेत्रमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ।

सोमबार साँझ करिब ४ः१० बजे बुटवलतर्फ आउँदै गरेको बागमती प्रदेश १–०३३–च–००७७ नम्बरको टोयटा कारले ट्राफिक ड्युटीमा खटिएका सहायक हवल्दार नागेश्वर पाललाई ठक्कर दिएको हो ।

पाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलमा कार्यरत थिए।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक कमल क्षेत्रीका अनुसार ठक्करबाट गम्भीर घाइते भएका पाललाई तत्काल लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए।

ठक्कर दिने कार र चालक गुल्मी रेसुङ्गा नगरपालिका–१ निवासी ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077