काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमबीच विश्वकपको ट्रफीसँगै नयाँ जर्सी सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको जर्सी गाढा निलो रंगको छ भने जर्सीमा नेपालको राष्ट्रिय झण्डामा रहेका चन्द्र र सूर्य अङ्कित गरिएको छ।
क्यानले नेपाली क्रिकेट समर्थकहरूलाई ध्यानमा राख्दै जर्सीको मूल्य ७९९ रुपैयाँ तोकिएको छ ।